आवाजले ग¥यो ६ महिनाको उपलब्धी सार्वजनिक , २० वटा वालविवाह रोक्न सफल

सोम गुरुङ,बर्दिया २० असार / नेपाल सरकारले सन् २०३० सम्म बाल बिवाह अन्त्य गर्ने उदेश्यलाई आत्मसाथ गर्दै बढैयाताल गाउपालिकामा आवाज संस्थाले छिटो विवाह तथा जबरजस्ती विवाह निर्मुलन परियोजना सञ्चालन गर्दै आएको छ । नगरौ विहेका कुरा पुुगेको छैन अझै २० बर्ष पुुरा भन्ने मुल नारा सहित बढैयाताल गाउँपालिकामा आवाज संसथाले जनवरी देखि जुन महिनासम्मको कार्यक्रमको प्रगति विवरण, समिक्षा तथा सार्वजनिक पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । एकपात लकजम्बर्गको आर्थिक सहयोगमा आवाज संस्थाको आयोजनामा बढैयाताल वडा नम्बर २,३,६ मा बाल बिवाह विरुद्ध सम्बन्धी कार्यक्रम गरिहेको छ । नेपाल सरकारले सन् २०१६ देखि २०३० सम्म बाल बिवाह अन्त्य भएको घोषण गर्ने लक्ष्य राखेको हुनाले सोही कार्य योजना अनुसार आवाज संस्थाले महिला तथा बालबालिका बिषयमा काम गर्दै आएको जानकारीका साथै आगामी दिनमा गरिने कार्यक्रमका बारेमा आवाज संस्थाका कार्यक्रम बर्दिया जिल्लाका कार्यक्रम अधिकृत गंगा श्रेष्ठले जानकारी गराएका थिए । सो पत्रकार सम्मेलनमा आवाज संस्थाका मनोविर्मशदाता कमला अधिकारीले अहिलेको सुचना प्रबिधि गलत तरिकाले प्रयोग भईरहेकाले पनि बाल बिवाहको जोखिम बढी रहेको बताए ।
बढैयाताल गाउँपाकिलाका सुचना अधिकारी रमेश पौडेलले बालविवाह विरुद्ध सम्पूर्ण सामाजिक संघसंस्था एकजुट भएर लाग्नु पर्ने र सो अभिायनलाई गाउँपालिकाले पनि सहयोग गर्ने बताउनुभयो । सो पत्रकार सम्मेललमा २० वटा बालविवाह रोक्न सफल भएको जानकारी दिइएको थियो । पत्रकार सम्मेलनको आवाज संस्थाका सहजकर्ता सुन्दर चौधरीले सहजीकरण गरेका थिए ।

SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

MFL CEO Dr. Patrick Chou Meets Innovator Dr Mahabir Pun at National Innovation Center

  Kathmandu  / In an inspiring development for Nepal’s innovation and education sector, Dr. Patrick Chou, CEO of MFL visited the National In...