स्वास्थ्य सेवा प्रवाहको प्रभावकारिता बारे संयुक्त अनुगमन

नेपालगन्ज २६ असार । बाँकेको बसुदेवपुर स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवा सुविधा र व्यवस्थापनका विषयमा आज संयुक्त अनुगमन गरिएको छ । अनुगमनका क्रममा कार्यालयमा तथ्यांक अभिलेखीकरणको व्यवस्थापन गर्नुपर्ने, सुत्केरी महिलाहरुको जाँचका लागि एक जना अनमीको व्यवस्थापन गर्नुपर्ने, नेपाल सरकारले तोकेको विभिन्न रजिस्टरमा रेकर्ड नियमित रुपमा गर्नुपर्ने, भएका जनशक्तिहरुको क्षमता अभिबृद्धि गर्नुपर्ने देखिएको छ । सेभ द चिल्डेनको सहकार्यमा बाँके युनेस्को क्लवद्धारा संचालित मातृ नवजात शिशु तथा बालस्वास्थ्य परियोजना अन्र्तगत उक्त अनुगमन गरिएको हो । अनुगमनकर्ता नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका सह संयोजक हरिहर तिवारीले स्वास्थ्य संस्थाले प्रवाह गर्ने सेवा सुविधामा कुनै कसर बाकी नरहे पनि तथ्याक अभिलेखीकरणको व्यवस्थापन जस्ता कार्यमा सुधार गर्नुपर्ने बताउदै सोको तत्काल व्यवस्थापन गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभयो । उहाँले स्थानीय तह अन्र्तगत आइसकेका स्वास्थ्य संस्थाहरुको स्तर बृद्धि गरि थप प्रभावकारी सेवा बनाउनुपर्नेमा जोड दिदै घर घरमा स्वास्थ्य सेवाको पहुच गर्नुपर्नेमा जोड दिनुभयो । अनुगमन टोलीमा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका परिवार नियोजन सुपरभाईजर बसन्त गैरे, बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत रोसन थापा रहनुभएको थियो ।
 अनुगमनका क्रममा स्वाथ्य चौकी इन्चार्ज सुनिल बज्रचार्यले सेवा प्रवाह तथा व्यवस्थापन, समस्या र चुनौती लगायतका विषयमा जानकारी गराउनुभएको थियो । परियोजना अन्र्तगत युनेस्कोले बाँकेका १० वटा स्वास्थ्य संस्था र विद्यालयलाई भौतिक पुर्वाधार निमार्ण तथा मर्मत, मातृ शिशु अन्र्तगत विभिन्न सामाग्री प्रदान गरेको छ । सो सहयोगले स्वास्थ्य सेवा प्रवाहमा सहजता, प्रभावकारिता र गुणस्तरियतामा बृद्धि भएको स्वास्थ्य चौकीले जनाएका छन । आज गरिएको अनुगमनको आधारमा प्रतिवेदन तयार गरि तत्काल सुधार गर्नका लागि पहल गर्ने युनेस्कोले जनाएको छ ।

SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

MFL CEO Dr. Patrick Chou Meets Innovator Dr Mahabir Pun at National Innovation Center

  Kathmandu  / In an inspiring development for Nepal’s innovation and education sector, Dr. Patrick Chou, CEO of MFL visited the National In...