६ बुदे घोषणपत्र जारी गर्दै राष्ट्रिय युवा सम्मेलन सम्पन्न


काठमान्डौं, २९ श्रावण "Safe spaces for youth and transforming Nepal: Youth Leadership and Innovation" भन्ने मुल नाराका साथ सन्चालित ३ दिने राष्ट्रिय युवा सम्मेलन २०१८ सम्पन्न भएको छ । नेपाल युवा परिषदले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर राजधानीमा काठमान्डौंमा सम्मेलन आयोजना गरिएको थियो । देशभरका ७७ वटै जिल्लाका युवाहरुको सहभागितामा शुरु भएको युवा सम्मेलनको उद्घाटन नेपाल सरकारका शहरी विकास मन्त्री माननीय मोहम्मद इश्तियाक राईले गरेका थिए ।
नेपाल युवा परिषदका केन्द्रिय अध्यक्ष सरोज बानियाँको सभापतित्वमा भएको समापन कार्यक्रमको विशिष्ट अतिथिको रुपमा विश्व वन्यजन्तुु कोषका नेपाल प्रमुख डा. घनश्याम गुरुङ, नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य कृष्ण कुमार अर्याल, अतिथीको रुपमा यूएनडिपीका युवा कार्यक्रम संयोजक बिषम ज्ञवाली,  कोकाकालाका नेपालका इन्चार्ज स्नेहाराज भण्डारी, बोटलर्स नेपालका इरिना कार्की गुरुङ,नागरिक समुहका अध्यक्ष निगम हुमागाई, इन्रनेशलन मोटिभेसनल स्पीकरका रन्जित आर्चाय, शैक्षिक अभियान्ता विनोद अधिकारी, टिटिए नेपालका अध्यक्ष अनुज थापा, फग नेपालका प्रबन्धक निर्देशक अनुप अग्रवाल, मेरो जबका म्यानेजर राजन कोइराला, बरिष्ठ पत्रकार बद्रिराज तिमिल्सीना, लगायतको विशेष उपस्थिती रहेको थियो ।

तिन दिन सम्म चलेको सो सम्मेलनमा सहभागि युवाहरुलाई कृषि, पर्यटन, सुचना प्रबिधि लगतयात दिगो विकासका लक्ष्यहरु, युवा उधमशिलता, नेतृत्व विकास, युथ मोटिभेसन लगायतको विषयमा प्रशिक्षण दिईइको थियो र ७ वटै प्रदेशका युवाहरुले प्रदेश विकासका लागि छुट्टाछुट्टै योजना बनाई सम्बन्धित सरकारका प्रतिनिधीलाई बुझाउने कार्यक्रम रहेको संस्थाका उपाध्यक्ष सुदर्शन बिडारीले बताए ।
देशभरीबाट विभिन्न समुदायको प्रनिधित्व हुने गरी २०४ जना युवाहरुको सहभागिता रहेको सो सम्मेलनले ६ बुुदे घोषणापत्र समेत जारी गरेको छ । साथै कोकोकोला कम्पनीले सात वटा प्रदेशका युवाहरुलाई ७५ हजारको रकम समेत प्रदान गरेको छ ।

SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

MFL CEO Dr. Patrick Chou Meets Innovator Dr Mahabir Pun at National Innovation Center

  Kathmandu  / In an inspiring development for Nepal’s innovation and education sector, Dr. Patrick Chou, CEO of MFL visited the National In...