नगरौँ विवाहको कुरा भएको छैन २० वर्ष पूरा

बर्दिया / “नगरौँ विवाहको कुरा भएको छैन २० वर्ष पूरा” भन्ने नारा सहित आज बर्दियाको बढैयाताल गाउँपालिकामा जिल्ला परियोजना सल्लाहाकार समितिको दोस्रो अन्तरक्रिया सम्पन्न भएको छ । विगत १ वर्ष देखि आवाज संस्थाले बर्दियामा हुने बालविवाह तथा जर्वजस्ती विवाहा निर्मुल परियोजनाले एकपात लक्जवर्गको आर्थिक सहयोगमा बढैयाताल गाउँपालिकाको वडा नं. २, ३ र ६ वडामा कार्यक्रम संचालन गरिरहेको छ ।

उक्त कार्यक्रमलाई अझ बढी प्रभावकारी कसरी बनाउन सकिन्छरु बालविवाह न्यूनिकरण कसरी गर्न सकिन्छरु भन्ने उद्देश्ले आज जिल्ला परियोना सल्लाहकार समितिको अन्तरक्रिया भएको हो । अन्तरक्रियाबाट जिल्ला परियोजना सल्लाहकार समितिसंग अन्तिक्रिया गर्ने, परियोजनाले गरिरहेको कार्यक्रमको सल्लाह र सुझाव र जिल्ला परियोजना सल्लाहकार समितिबाट समुदायमा अहिलेसम्म परियोजनाले गरिरहेको कामको अनुगमन गर्ने प्रस्ताव पारित गरेको छ । परियोजनाले बालविवाह र जवरजस्ती विवाहालाई न्युनिकरण गर्नकालागि विद्यालयमा मोवाईल निषेधित क्षेत्र घोषण गर्न र जनप्रतिनिधि, शिक्षक तथा सरोकारवालाहरुसंग छलपछ गर्ने निर्णय गरेको छ ।
अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै जिल्ला समन्वय समिति बर्दियाका संयोजक शंकरप्रसाद थारूले हामीले विकास भनेर मात्र हुँदैन विकासका मापनहरु,चरणहरु थुप्रै हुने भएकाले बालविवाह, सरसफाई, हिंसाको कुरा आर्थिक, चेतनाको कुराहरु सबै मापन हुने भएकाले राज्यले दिएको संविधानको लक्ष्यपूरा गर्नकालागि बालविवाह, जवरजस्ती विवाह न्युनिकरण, शिक्षा स्वास्थ्यका कुराहरु तल्लो स्तरबाटै लागू गर्नु पर्ने बताउँदै अवाज संस्थाले बढैयातालमा आएर बालविवाह, जर्वजस्ती विवाहा न्युनिकरण गर्ने कार्यक्रम सुरु गरेको र यो एकदमै राम्रो भएको बताउनु भयो । यसमा आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग पूर्णरुपमा रहने प्रतिवद्धता जनाउनु भयो ।

साथै सोही कार्यक्रममा अवाज सस्थाले अहिलेसम्म संचालन गर्दै आईरहेको परियाजनाले गरिरहेको कार्यक्रमको लक्ष्य, उद्देश्य र काम गर्दा आईपरेका चुुनौतीको विषयमा परियोजना प्रमुख चक्रराज गिरीले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा उपस्थित सम्पूर्ण सरोकारवालाहरुले आफूहरुले यस कार्यक्रममा सक्रिएताका साथ सहयागे गर्ने जनाएका थिए।परियोजना प्रमुख चक्रराज गिरीको सभापतित्व एवं बढैयाताल गाउँपालिका उपाध्यक्ष दिपा कुमारी गौतमको विशेष आतिथ्यमा भएको कार्यक्रमका अतिथिमा वडा नं. ६ का वडा अध्यक्ष रामहरस थारू, वडा नं. २का वडा अध्यक्ष काजिमान सुनार, बढैयाताल गाउँपालिकाका स्वास्थ्य संयोजक  बिष्णु  पौडेल, बढैयाताल गाउँपालिकाका सुचना अधिकारी रमेश पौडेल, महिला तथा बालबालिका कार्यालकी कल्पना गाहा, गैर–सरकारी संस्था महासंघका अध्यक्ष विष्णु प्रसाद तिमिल्सीना, सुचना तथा मानव अधिकार अनुसन्धान केन्द्रका सामुदायिक अनुसन्धानकर्मी  विजय ओली लगाएतको उपस्थिति रहेको थियो।

अवाज संस्थाकी बर्दिया जिल्ला परियोजना प्रमुख गंगा श्रेष्ठको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन अवाज संस्थाका सन्दर चौधरीले गर्नु भएको थियो ।
SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

MFL CEO Dr. Patrick Chou Meets Innovator Dr Mahabir Pun at National Innovation Center

  Kathmandu  / In an inspiring development for Nepal’s innovation and education sector, Dr. Patrick Chou, CEO of MFL visited the National In...