बढैयाताल गाउँपालिकाले बाल विवाह रोक्न बार्षिक कार्ययोजना बनाउँदै

सोम गुरुङ, मंसिर ४  बर्दिया /  बढैयाताल गाउंपालिका कार्यालयले बालबालिका बिरुद्ध हुने सवै प्रकारका हिसां न्यूनिकरण गर्ने र बालबालिकाको सर्बोतम हितका साथै समग्र बिकासमा असर पार्ने, महिला हिंसा, घरेलु हिंसा, मातृमृत्यू दर आदीको मूख्य कारक तत्वको रुपमा रहेको बालबिबाहलाई अन्त्य गर्ने उद्धेश्यले बार्षिक कार्ययोजना  निर्माण  गरेको छ । 
उत्त कार्यक्रम गाउँपालिका स्तरीय बाल संरक्षण समितिले प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगंजको सहयोगमा स्याक नेपाल बाँकेको समन्वयमा सम्पन्न गरेको छ । बार्षिक कार्ययोजनामा बिधालय बाहिर रहेका तथा बिधालय छाडेका बालबालिका हरुको सिप बिकासका साथै ९ वटा बडाका बिभिन्न टोलहरुमा सचेतनामुलक कार्यक्रमहरु स्वास्थ्यका ९९ वटा आमा समुहहरुको मार्फत संचालन गर्ने, गाउापालिकामा रहेका सबै बिधालयका बालबालिकालाई इलाका प्रहरी कार्यालय मैनापोखरको समन्वयमा बालबिबाहको असर तथा कानुनी प्रवधानहरुको बारेका जानकारी गराउँने, धार्मिक गूरुहरु, बिहे पार्टिहरुमा क्याटरीङ गर्ने र टेन्ट हाउसहरु संग अन्तक्र्रिया गर्ने र बृहत रुपमा बालबिबाह बिरुद्ध सबै एकजुट भई एकद्धार प्रणाली माफर्त  कार्यक्रम संचालन गरी २०७६ भित्र बालबिबाह मुक्त गाउँपालिका घोषणा गर्ने भएको छ।  
कार्ययोजना कार्यान्वयन गर्दा गाउँपालिका स्तरीय स्तरीय बाल संरक्षण समितिलाई वडा नं १,४ र ५ मा ओरेक र राधाकृष्ण थार जनसेवा केन्द्रले सहयोग गर्ने त्यस्तै वडा नं २,३, र ६ मा आवाज संस्थाले सहयोग गर्ने भएको छ भने वडा नं ६,८ र ९ मा प्लान ईन्टरनेशनल नेपाल र स्याक नेपाल बांकेले सहयोग गर्ने भएको छ । यस कार्यक्रमलाई स्याक नेपालका कार्यक्रम संयोजक शेषकान्त शर्मा र सोही संस्थाकी टिम लिडर नेत्रकला शाहीले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा गाउँपालिकामा बालबालिकाको क्षेत्रमा काम गर्ने आवाज, ओरेक, राधाकृष्ण थार जनसेवा केन्द्र, सहकारी संस्थाको प्रतीनीधीहरु, यूवा,महिला समुह, बालक्लब किशोरी क्लब, इलाका प्रहरी कार्यालय लगायत बिभिन्न वडाका वडाअध्यक्षहरु को उपस्थीती रहेको थियो । कार्यक्रम को अध्यक्ष रहनुभएको  बढैयाताल गाउँपालिकाका उपाध्यक्ष तथा बाल संरक्षण समितिको संयोजक दिपा गौतमले सवै सरोकारवाला निकायहरु बालबालिका समबन्धि संबेदनशिल भई बाल बिबाह बिरुद्ध काम गर्न अनुरोध गर्नुका साथै कार्य योजना कार्यान्वयनमा आवश्यक पर्ने हरेक सहयोग गर्न गाउँपालिका तत्पर रहेको जानकारी गराउँदै सवै सरोकारवालाहरुलाई धन्यबाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।

SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

MFL CEO Dr. Patrick Chou Meets Innovator Dr Mahabir Pun at National Innovation Center

  Kathmandu  / In an inspiring development for Nepal’s innovation and education sector, Dr. Patrick Chou, CEO of MFL visited the National In...