खजुरा गाउँपालिकाले बाल संरक्षणको लागि श्रोत नंक्शाङ्कन बनाउँदै

सोम गुरुङ्ग,बाँके ८ मंसिर / सामाजिक सचेतन सरोकार मन्च(स्याक) को आयोजना तथा प्लान ईन्टरनेशनल नेपालको सहयोगमा खजुरा गाउँपालिकाले बालबालिका संरक्षणको लागि श्रोत नंक्शाङ्कन बनाउने भएको छ  । गाउँपालिका स्तरीय सरोकारवाला निकायसंग छलफल गरि श्रोत नंक्शाङ्कनमा के कस्ता सूचना र विवरण राख्ने र कसरी कार्यक्रम तथा बजेट एकद्धार प्रणालीबाट अगाडि बढाउने भन्ने बारे बृहत छलफल गरिएको छ । 
श्रोत नंक्शाङ्कन निर्माण गर्नुको उद्धे्र्श्य बारे बालिका संरक्षण परियोजना र बालिका एजेन्सी तथा युवा शसक्तिकरण परियोजना कार्यक्रमका परियोजना संयोजक शेषकान्त शर्माले जानकारी दिनु
भयो । सो अन्तरक्रिया कार्यक्रमको अध्यक्षता गर्नुभएको खजुरा गाँउपालिकाका उपाध्यक्ष तथा पालिका स्तरीय बाल संरक्षण समितिका संयोजक एकमाया विकले  स्थानिय तहहरुमा बालसंरक्षण  गर्न  सबैको दायित्व  रहेकोले  बाल संवेदनशिल भई कार्यक्रम सन्चालन गर्नु पर्नेमा जोड दिनुभयो । आगमी दिनमा बाल संरक्षण  सन्जालले बार्षिका कार्य योजना निर्माण गरि  बालविवाह मुक्त गाउँपालिका बनाउने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।
सोही अवशरमा खजुरा गाउँपालिकाका प्रशासकिय प्रमुख बम बहादुर केसीले सम्पूर्ण बालबालिकाहरुलाई सामाजिक सन्जालबाट हुुने नराम्रा असरबारे बुझाउनु पर्ने र साथै सम्पूर्ण सामाजिक संस्थाहरुको कार्यक्रम तथा बजेट एकद्धार प्रणालीबाट अगाडि बढाउँदा प्रभावकारी हुने बताउनुभयो ।  खजुरागाउँपालिकाले पालिका स्तरीय बाल संरक्षण समिति र पालिका स्तरयि बाल सन्जाल पनि निर्माण गरेको जानकारी दिनुभयो । 
सो अन्तरक्रिया कार्यक्रममा सो खजुरागाउँपालिका बालबालिकाको क्षेत्रमा कार्यरत संस्थाहरु राईजिङ आईडल्सका आशा गुुरुङ, साथी संस्थाबाट दिपक .मान श्रेष्ठ, बाल सन्जालका चेतना न्यौपाने,गेरुवा, सिविन, जनजागरण, दलित महिला उत्थानका प्रतिनिधिहरुले आआफनो संस्थाको कार्यक्रम बारे जानकारी गराएका थिए । सो गाँउपालिका अन्तरगतका, महिला तथा बालबालिका शाखाका प्रतिनिधि, वडा नं.३ का वडा अध्यक्ष कान्तुराम गौतम,वडा नं. ४ का वडा अध्यक्ष तिलविर सुुनार, वडांं नं ५का वडा अध्यक्ष देवेन्द्र श्रेष्ठले आ–आफनो वडाले बालबालिकाको संरक्षणको लागि बजेट तथा कार्यक्रम योजना समेत छुट्याएको जानकारी गराउनुभयो । प्रहरी चौकी प्रतिनीधि, गैरसरकारी संस्थाका प्रतिनिधिहरु,बालक्लवका सदस्य ,नागरिक समाज, शिक्षक र बालबालिकाको समेतको सहभागिता रहेको थियो । हाल खजुुरा गाउँपालिकामा  प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बालिका संरक्षण परियोजना र बालिका एजेन्सी तथा युवा शसक्तिकरण परियोजना कार्यक्रम संचालन भइरहेको छ । सो परियोजनाले स्थानीय तहमा बाल संरक्षण नीति बनाउन र कार्यान्वयमा जोड दिने स्याकका शिवलाल पाण्डेले जानकारी दिनुभयो । 
SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

MFL CEO Dr. Patrick Chou Meets Innovator Dr Mahabir Pun at National Innovation Center

  Kathmandu  / In an inspiring development for Nepal’s innovation and education sector, Dr. Patrick Chou, CEO of MFL visited the National In...