बढैयाताल गाउँपालिका वडा नं.३ का जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य परिक्षण

सोम गुरुङ,बर्दिया २२ मंसिर /  बढैयाताल गाउँपालिकाको वडा नं.३ ले आफनो वडामा रहेका जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य शिविरको आयोजना गरि प्राथमिक स्वास्थ्य केन्द्र, सोरहवामा स्वास्थ्य परिक्षण गराएको छ । 
स्वास्थ्य परिक्षण शिविरको उद्घाटन गर्नु हुदै बढैयाताल गाउँपालिकाका उपाध्यक्ष दिपा कुमारी गौतमले जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण समय समयमा गर्नु पर्ने त्यसो गर्दा समयमा नै रोगको पहिचान भई उपचार गर्न सकिने हुदाँ यो आयोजनाा गरिएको जानकारी गराउनुभयो ।  
बढैयाताल गाउँपालिका वडा नं.३ का १०३ बर्षिय जेष्ठ नागरिक हिमलाल उपाध्याय र ८५ बर्षीया जेष्ठ नागरिक लुहारी थारुलाई स्वास्थ्य परिक्षण गरि शिविर शुरु गरिएको थियो । सो शिविरलाई सफल बनाउन  वडा नं. ३ का वडा अध्यक्ष दुर्गा प्रसाद पराजुली, स्थानीय सभाका संयोजक हरिबहादुर घर्ती, स्थानीय सभाका सचिव गंगाधर पराजुली, समाजसेवी कुल बहादुर विक, कार्यपालिका सदस्य चन्द्रकला विक, डा. बिनोद कर्णले डाक्टर र औषधीको लागि समन्वय र सहकार्य गरेका थिए । 
सो शिविरमा प्रमुख कन्सल्टेन्ट सर्जन विशेषज्ञ डा.श्याम सुन्दर यादव, कन्सल्टेन्ट फिजिसियन डा.अलता बान राही र कन्सल्टेन्ट गाइनोक्लोजिस्ट डा. कल्पना थापा रहनुभएको थियो भने सहयोगीहरुमा प्राथमिक स्वास्थ्य केन्द्र, सोरहवाका कर्मचारीहरु रहेका थिए । 
बढैयाताल गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष दुर्गा प्रसाद पराजुलीले जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गर्नु भनेको उहाँहरुको सम्मान गरेको  बताए । साथै उहाँले आगामी दिनहरुमा सामुदायिक विद्यालयहरुमा बालबालिकाको पनि स्वास्थ्य परिक्षण गरिने बताए । 
SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

MFL CEO Dr. Patrick Chou Meets Innovator Dr Mahabir Pun at National Innovation Center

  Kathmandu  / In an inspiring development for Nepal’s innovation and education sector, Dr. Patrick Chou, CEO of MFL visited the National In...