सुशासन, समृद्धि र विकासका लागि प्रथम नरैनापुर दौड २०७५ हुदै

सोम गुरुङ्ग, नेपालगन्ज १८ माघ । बाँकेको विकट क्षेत्र मानिएको नरैनापुरमा सुशासन, समृद्धि र विकासका लागि प्रथम नरैनापुर दौड २०७५ शनिवार हुदैछ । सडक र बत्तीसंगै आवश्यक पुर्बाधारको अभावमा सो क्षेत्रको विकास हुन सकेको छैन भने, अशिक्षा गरिबीले पनि पछाडी परेको क्षेत्रको रुपमा नरैनापुर चिनिन्छ । 
सो क्षेत्रको समग्र विकासका लागि खेलको माध्यमले सन्देश प्रवाह गरिने उद्देश्यले नरैनापुर प्रथम दौड २०७५ गर्न लागिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुुभयो । उहाँले नरैनापुर गाउँपालिकामा यो दौड पहिलो पटक हुुन लागेकोले यस दौडलाई सबै मिलेर सफल बनाउन पनि आग्रह गर्नु भयो । नरैनापुर गाउँपालिकाको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले दौडको आयोजना गर्न लागेको हो । 
सो दौड प्रतियोगितामा त्यस क्षेत्रका युवा, विद्यार्थी, किसान, कर्मचारी, महिला, समाजसेवी लगायत स्थानीयको उल्लेख्य रुपमा सहभागिता रहने केन्द्रका अध्यक्ष विश्वजित तिवारीले बताउनुभयो । यस दौड प्रतियोगिताले नरैनापुर क्षेत्रमा खेलकुदको माध्यमले ठाउँको पहिचान, विकास, सुशासन सहितको सचेतना अभिबृद्धि गर्ने लक्ष्य राखिएको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले बताउनुभयो । 
प्रतियोगितामा प्रथम हुनेलाई रु ७ हजार, दोस्रोलाई रु ५ हजार र तेस्रो हुनेलाई रु ३ हजार नगद पुरस्कार प्रदान गरिने र आगामी बर्षहरुमा पनि निरन्तरता दिने र पुरस्कार राशी पनि बृद्धि गरिने गाउँपालिकाले जनाएको छ । नरैनापुर गाउँपालिकाको वार्ड नं. १ सुईया सिमा नाकादेखि शुरु हुने दौड नरैनापुर गाउँपालिकामा पुगेर समापन हुने कार्यक्रम संयोजक रविन्द्र कुमार ज्ञवाली जानकारी दिनुभयो ।


SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/