लक्षित समुदायलाई उद्यमशिलता विकास तालिम शुरु

कोहलपुर २० जेठ / समाज सुधार कार्यक्रम नेपालको आयोजना  तथा सामाजिक बिकास मन्त्रालय प्रदेश नं.५ को आर्थिक सहयोगमा सीमान्कृत समुदायको लागि सीप तथा क्षमता बिकासको लागि ३ दिने उद्यमशिलता विकास तालिम आजबाट कोहलपुरमा शुरु भएको छ ।  सो तालिममा  कोहलपुर नगरपालिकाका वडा नं १०,११ तथा १४ का सीमान्तकृत समुदायको सहभागिता रहेको छ । सो विकास तालिमको कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कर्ण बहादुर थापाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको छ । 
साथै सो कार्यक्रमको  बिशिष्ट अतिथि वडा नं १० का अध्यक्ष निम बहादुर चलाउन, घरेलु महासंघ, बाँकेका सचिब मधु खड्का, वडा सदस्य हरीमाया सुनार, हरी चौधरी रहेका छन् । कार्यक्रमका विशिष्ट आतिथि निम बहादुर चलाउनेले बिकासको लागि उद्यमशिल बिकास तालिम अनिवार्य रहेको बताए । सो कार्यक्रमको प्रमुख अतिथि कर्ण बहादुर थापाले उद्यमशिलता बिकास तालिम लियर उधमी बनेर कोहलपुरको बिकासको लागि महिलाहरु उधमी बनी अगाडि बढ्न थप तालिमको पनि वातावरण सृजना गरिने बताए । साथै उहाँले स्थानीय सरकारले पनि यस्मा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । सो कार्यक्रम सस्थाका अध्यक्ष तारा प्रसाद खत्रीको अध्यक्षतामा सम्पन्न भयको थियो  भने कार्यक्रम सन्चालन  सस्थाका सचिब शंकर प्रसाद शर्माले गरेका थिय ।  सो कार्यक्रमा सीमान्कृत लोपोन्मुख बिपन्न समुदायको १२० जनाको सहभागिता रहेको छ । 

SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/