स्थानीय सरकारले बालविबाह रोक्ने प्रतिबद्धता

कोहलपुर, १ कार्तिक । सरोकारवालाहरुसंगको सम्वाद कार्यक्रममा सरोकारवाला निकायले बाल विवाह रोक्ने प्रतिबद्धता जनाएका छन् ।


किशोरी क्लबले बालविवाह र दाइजोविरुद्ध उनीहरुले एकजुट भएर बाँकेका आठ वटै स्थानीय सरकारका प्रमुख तथा सम्बन्धित निकायहरुलाई नियन्त्रणको लागि ज्ञापनपत्र बुझाइसकेका छन् । किशोरी क्लबको अभियानमा साथ दिने सम्बन्धित सरोकारवाला निकायले प्रतिबद्धता व्यक्त गरेका थिए । बाँकेका किशोरीहरुले थालेको अभियानसँग हातेमालो गर्दै अगाडि बढ्ने स्थानीय तहहरुले समेत प्रतिबद्धता जनाएका छन् ।
सोही अनुसार कोहलपुर नगरपालिकाकाका प्रमुख लुट बहादुर रावतले म बालविवाह उन्मुलन गर्न प्रतिवद्ध छु भन्दै हस्ताक्षर गरि प्रतिबद्धता जनाएका छन् । सो कार्यक्रमको अध्यक्षतामा गर्नु भएको जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तवले बाँके जिल्लालाई २०७६ पुस भित्र बाल विवाह उन्मुलन गर्ने साथै बाल विवाह न्युनीकरणका ठोस रणनिति बनाई अघि बढ्ने प्रतिबद्धता गरेका थिए । सो कार्यक्रममा प्लान ईन्टरनेशनल नेपालका क्षेत्रीय प्रबन्धक मिना पराजुली, स्याक नेपालका शिवलाल पाण्डे, जिल्ला शिक्षा समन्वय इकाई प्रमुख रामसुरेश यादव लगायतले आफनो विचार राखेका थिए ।
जिल्लाका जनप्रतिनिधि र स्थानीय सरोकारवालाहरुले सामुहिक प्रतिबद्धता जनाएका छन् । नगर प्रमुख लुटबहादुर रावतले बालविवाह न्युनिकरणका लागि पाँच बुँदे प्रतिबद्धता समेत सार्वजनिकगरेका थिए । उनका अनुसार प्रतिबद्धताको पहिलो नम्बर दिगो विकास लक्ष्य २०३० अनुरुप महिला, बालिका र किशोरी माथि हुने सबै प्रकारका हिंसा तथा भेदभाव अन्त्य गरिने उल्लेख रहेको स्याक नेपालका कार्यक्रम संयोजक जगदिश थापाले बताए ।

त्यसै बैजनाथ गाउँपाकिलाका उपाध्यक्ष शारदा विश्वकर्मा रेग्मीले आफनो गाउँपालिका पनि बाल विवाह न्युनिकरण अभियानमा कटिबद्ध रहेको बताए । २०७५ साल भदौं १ गतेबाट लागू भएको मुलुकी अपराध संहितामा विवाहका लागि केटा र केटी दुवैको उमेर २० बर्ष पुगेको हुनुपर्ने प्रावधान रहे पनि १६ वर्षको उमेरमै बिवाह गर्न पाउनु पर्ने आन्दोलन भएपछि बाँकेका किशोरी क्लब भने सक्रिय भई बालविवाह विरुद्ध मात्र नभई दाइजोविरुद्ध समेत लागिरहेका छन् । कार्यक्रमको सहजीकरण पत्रकार निशु जोशी र अभियान्ता चेतना खत्रीले गरेकी थिईन् ।
SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

MFL CEO Dr. Patrick Chou Meets Innovator Dr Mahabir Pun at National Innovation Center

  Kathmandu  / In an inspiring development for Nepal’s innovation and education sector, Dr. Patrick Chou, CEO of MFL visited the National In...