प्राविधिक सीप युवाहरुलाई प्रदान गर्नु पर्नेमा जोड

नेपालगन्ज २० कार्तिक  / प्राविधिक सीप हरेक युवाहरुलाई प्रदान गर्नु पर्ने सरोकारवाला निकायले जोड दिएका छन् । गेट भोकेसनलको दिक्षान्त कार्यक्रमका प्रमुख अतिथि भेरी प्राविधिक शिक्षालयका उप प्राधानाध्यापक पारस खड्काले आजका युवाहरुले  जुन सुकै प्राविधिक सीप सिकेर दक्ष बन्न समेत आग्रह गर्नु भएको छ । 
गेट भोकेसनलले एक दिक्षान्त कार्यक्रमको आयोजना गरि सम्पुर्ण विद्यार्थीहरुलाई दिक्षान्त गरेको छ ।  सोल्टि वेस्टेन्डमा सन्चालित गेट भोकेसनलले प्राविधिक सिप प्रदान गर्दै आएको छ । नेपालमा रहेका वेरोजगार युवाहरुलाई स्वदेशमै सिप सिकाउदै रोजगारीको अवसर प्रदान गर्ने उदेश्यले सन्चालनमा आएको गेट भोकेसनलका शंसाक पोखरेलले जानकारी दिए । 
सो कलेजले बाँकेमा २ वर्षको अवधिमा १ सय ११ जना विद्यार्थीलाई प्राविधिक तालीम प्रदान गरेको छ । दिक्षान्त कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुलाई सम्मान गरेको थियो । कलेजले होटल म्यानेजमेन्ट पढ्न चाहने विपन्न समुदायका युवायुवतिलाई छात्रवृतिमा पनि पढाउदै आएको गेट भोकेसनल पोखराका जनरल म्यानेजर विवेक पौडेलले जानकारी दिनुभयो  । 
नेपालगन्जमा होटलहरुमा लगानी वढ्दै गएको अवस्थामा दक्ष जनशक्तिको अभाव हुन नदिन जनशक्ति उत्पादन गरीरहेको कलेजले जनाएको छ । गेट भोकेसनलले काठमाण्डौं, पोखरा, बन्दिपुर र पोखरा र नेपालगन्जमा प्राविधिक कलेज स्थापना गरि सीप नभएका युवाहरुलाई सीपयुक्त बनाईरहेको गेट भोकेसनल, काठमाण्डौंका जनरल म्यानेजर ताराजगं थापाले बताए । 
SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

MFL CEO Dr. Patrick Chou Meets Innovator Dr Mahabir Pun at National Innovation Center

  Kathmandu  / In an inspiring development for Nepal’s innovation and education sector, Dr. Patrick Chou, CEO of MFL visited the National In...