खजुरा गाउँपालिकालाई बालबिवाह मुक्त पालिका बनाउने प्रतिबद्धता

खजुरा ९ माघ / खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले खजुरा गाउँपालिकालाई आगामी ५ बर्ष भित्र बालबिवाह मुक्त गाउँपालिका बनाउने प्रतिबद्धता जनाएका छन् । प्लान इन्टरनेशल नेपालको  सहयोगमा खजुरा गाउँपालिका र स्याक नेपालको आयोजनामा भएको एक कार्यक्रममा बोल्दै कक्षपतिले बालबिवाह मुक्त बनाउने गाउँपालिकाको अभियानमा साथ दिन बिद्यालयका शिक्षक, बिद्यार्थी अभिभावक र सम्बन्धित सरोकारवालाहरुलाई आग्रह समेत गरेका छन् । 

खजुरा क्षेत्रका बिभिन्न बिद्यालयका शिक्षक, बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, अभिभावक समितिका पदाधिकारीहरुका लागी लैंगिक मैत्री वातावरण र बाल बिवाह न्यूनिकरण लागी खजुरामा आयोजित एक दिने अभिमुखिकरण कार्यक्रमको समापन समारोहमा बोल्दै प्रमुख कक्षपतिले बिद्यालयले अतिरिक्त क्रियाकलाप नै संचालन गरेर लैंगिक समानता र बालबिवाह रोकथामको अभियान संचालन गर्नु पर्नेमा जोड दिए । 
कार्यक्रममा अधिवक्ता वसन्त गौतमले लैंगिक मैत्री शैक्षिक वातावरण, बालबिवाह सम्बन्धि कानूनी ब्यवस्था र यसमा सरोकारवालाको भुमिकाको बारेमा अभिमुखिकरण गरेका थिए । यस क्रममा गौतमले बिद्यालयको बालसंरक्षण नीति, बिद्यालयको शैक्षिक र लैंगिक मैत्री वातावरण र बिद्यालयमा लैंगिक मैत्री बातावरण बनाउनमा बिद्यालय ब्यवस्थापन समिति लगायत अन्य सरोकारवालाको भुमिकाको बारेमा समुहगत छलफल गराई बिषयबस्तुका बारेमा प्रष्टाएका थिए । 
बिद्यालयमा हुने शिक्षणका क्रममा शिक्षकले बिद्यार्थीहरुलाई बाल बिवाहले पार्ने नकारात्मक प्रभाव र कानूनी ब्यवस्थाका बारेमा जानकारी गराई बालबिवाह रोक्न अभिप्रेरित गर्ने, बिद्यालयलाई बालमैत्री र लैंगिक मैत्री बातावरण संचालन गर्नमा मद्धत गर्ने र बिद्यालयमा बालसंरक्षण नीति बनाई कार्यान्वयमा ल्याउने लगायतका उदेश्यका साथ अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको स्याक नेपालका सुपरभाईजर पुष्पा कुमारी सुनारले जानकारी दिईन । साथै उहाँले  खजुरा गाउँपालिका वडा नं.२ मा हुन गईरहेको बालविवाह रोक्न सफल भएको जानकारी दिइन् । 
खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख बिश्वराज ढकालको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा श्रोत ब्यक्ति टंकनाथ दाहाल लगायत सरकारी र मदरसाका शिक्षक, बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी अभिभावक गरि ४० जनाको सहभागिता रहेको थियो । कतिपय बिद्यालयमा अझै पनि लैंगिक समानता कायम हुन नसकेको, उचनिच र धनीगरिवका आधारमा बिभेद हुने गरेको, लैंगिक मैत्री भौतिक संरचना हुन नसकेकोले लैंगिक समानता कायम राख्न र बाल बिवाह रोक्न सम्बद्ध सबैले आ आफ्नो ठाउँबाट पहल गर्नु पर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिएका थिए । 

SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/