सोलार बत्ती नबल्दा राती हिडने बटुवालाई समस्या

सोम गुरुङ,नेपालगन्ज ८ माघ /  नेपालगन्ज उप महानगरपालिकाले नेपालगन्जको बाटोमा जडान गरिएका  अधिकाशं सोलार बत्तीहरु राती नबल्दा राती हिडने बटुवाहरु समस्यामा परेका छन् ।  नेपालगन्ज उपमहानगरपालिका वडा नं.७ निवासी सुचना अभियान्ता विश्वजित तिवारी, जानकी गाउँपालिका वडा नं. ६ निवासी नारायणपाल र नरैनापुर गाउँपालिका वडा न.३ निवासी चन्द्र गिरीले सामाजिक सरोकारका विषयमा आज नेपालगन्ज उपमहानगरपालिकासंग सुचना माग गर्नु भएको छ । 
उहाँहरुले नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्ज क्षेत्र भित्र कत्ति सोलार बत्ती जडान गरिएको छ ? आजभोली किन सोलार बत्ती बल्दैनन् ? सोलार बत्ती कहिले सम्म मर्मत भई बल्ने हो भनी सूचना माग गरिएको छ । 
नेपालगन्ज उपमहानगरपालिका वडा नं.१का स्थानीयवासी सुनिल कुमार बानियाले आफनो क्षेत्रमा पनि जडान गरिएका सोलार बत्ती नबल्दा राती हिड्न गाह्रो भएको बताए । त्यसैगरि नेपालगन्जका स्थानीयवासी सुनिल चौधरी र शैलेन्द्र वैश्यले सडकमा जडान गरिएका सोलार बत्तीहरु समयमा नै मर्मत नहुदाँ राती हिड्नलाई समस्या परेको बताए । 
नेपालगन्जको विपि चौकमा लाखौ रुपैया लगानी गरेर बत्ती जडान गरेपनि अन्य क्षेत्रमा भने बत्ती जडान नहुुदाँ राती हिड्ने बटुवा र कलेज जाने विद्यार्धीहरुलाई आवातजावातको लागि समस्या भएको सूचना अभियान्ता विश्वजित तिवारी बताउनुहुन्छ । 

  

SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/