सामाजिक अभियान्ताहरुलाई स्थानीय सरकारले सहयोग गर्ने प्रतिबद्धता

सोम गुरुङ,नेपालगन्ज ६ फागुन / सामाजिक अभियान्ताहरुलाई स्थानीय सरकारले सहकार्य तथा सहयोग गर्नु पर्नेमा जोड दिएका छन् ।  फातिमा फाउण्डेशन नेपाल नेपालगन्जको आयोजना तथा संकल्प काठमाण्डौंको सहकार्यमा सन्चालित शान्ति, सहिष्णुता र महिला सशक्तिकरण परियोजनामा आवद्ध ४५ स्थानीय सामाजिक अभियान्ताहरुलाई परियोजनाको अवधि समाप्त भएपछि स्थानीय तहहरुसंग समन्वय र सहकार्य गर्नको लागि सो गोष्ठीको आयोजना गरिएको थियो । 
सो गोष्ठीमा प्रमुख अतिथि खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले  फातिमा फाउण्डेशन नेपालले स्थानीय तह र वडाहरुमा सामाजिक अभियान्ता जन्माएकोमा धन्यवाद दिनुहुदै अब सामाजिक अभियान्ताहरु पनि स्थानीय सरकारसंग समन्वय र सहकार्य गरि न्याय दिलाउन सक्रिय भएर लाग्न अनुरोध समेत गरिन् र आ–आफनो स्थानीय तहमा आफनो पहिचान बनाई सक्नुुभएकोले अब जननिर्वाचित प्रतिनिधिसंग पनि हातेमालो गरि अधि बढ्न समेत आग्रह गरिन् । साथै उहाँले आफनो तर्फबाट बजेटको ब्यवस्था समेत गर्ने प्रतिबद्धता ब्यक्त गरिन् । विशिष्ट अतिथि  महिला तथा बालबालिका शाखाका प्रमुख शोभा शाहले परियोजना सम्पन्न भएपनि अभियान निरन्तर गर्नु पर्ने र नेपालगन्ज उपमहानगरपालिकाले गर्ने योजना कार्यान्वयन तर्जुमामा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाईन् । 
त्यसै गरि सो गोष्ठीका अध्यक्षता गर्नु भएका फातिमा फाउण्डेशन नेपालका कार्यवाहक अध्यक्ष तथा सकल्प काठमाण्डौका केन्द्रिय सदस्य मैमुना सिद्धिकीले सामाजिक अभियान्ताहरुले साच्चै नै आआफनो ठाउँमा लैगिक हिंसा न्यूनिकरणमा निकै ठुलो योगदान गरेको बताइन् । अझै उनीहरुलाई स्थानीय सरकारसंग समन्वय र सहकार्य  गराई लैगिक हिंसा र दाइजो तथ जातीय भेदभाव अन्त्य गर्न सहज हुने विश्वास लिएको बताइन् । साथै सो गोष्ठीमा सकल्प, काठमाण्डौको सहकार्यमा सन्चालिन ५ बर्षे शान्ति, सहिष्णुता र महिला सशक्तिकरण  परियोजनाले गरेको उपलब्धी बारे फातिमा फाउण्डेशन नेपालका कोषाध्यक्ष सुबेदा फरहीनले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । सो कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ का वडा अध्यक्ष रन्जित खाँ, सामाजिक अभियान्ता कर्म कुमारी यादव, सिता सिहं लगायतले आआफनो विचार राखेका थिए । सो गोष्ठीको सहजीकरण संकल्प ५ नं. प्रदेशका अध्यक्ष आमना आतुन हलवाईले गरेकी थिइन् । 



SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/