योजना छनौट प्रक्रियामा नागरिक समाजको सहभागिता न्यून रहेको अध्ययनको दावी

सोम गुरुङ्ग, कोहलपुर ६ फागुन / सहभागितामूलक योजना छनौट प्रक्रियामा देश संघीय प्रणालीमा भएपछि नागरिक समाजको जम्मा ९ प्रतिशत मात्र सहभागी हुने गरेको स्वास्थ्य क्षेत्रमा सामाजिक जवाफदेहिता परियोजना अन्तर्गत आज कोहलपुरमा भएको  अध्ययनका परिमाण तथा सिफारिश सार्वजनिकीकरण कार्यक्रममा स्थिति विश्लेषण सम्बन्धि आधाररेखा अध्यावधिक अध्ययन २०१९ ले देखाएको छ । संघीयता लागु हुनु भन्दा पहिले योजना छनौट प्रक्रियामा ७४ प्रतिशत नागरिक समाजको सहभागिता रहेको अध्ययनले देखाएको  छ । अर्को तथ्य वहिर्गमित अभिमतका अनुसार जम्मा ३५ प्रतिशत सेवाग्राही निशुल्क औषधकिो बारेमा जानकारी रहेको बाहिर आएको छ । त्यसै गरि राजनैतिक आर्थिक विश्लेषण र मामला अध्ययन गरिएको थियो ।
सो अध्यवावधिक अध्ययनका क्रममा ६ वटा प्रदेश अन्तर्गतका ११ जिल्लाका १२ वटा स्थानीय सरकारको तहमा दस्तावेजको पुनरावलोकन, १४८ जना मूख्य ब्यक्तिहरुसंग अन्तर्वाता, ११ वटा समूह केन्द्रित छलफल र प्रत्यक्ष अवलोकनका  माध्यवमबाट सूचना तथा जानकारी गरि विश्लेषण गरिएको प्याक्टका प्राविधिक सल्लाहकार दुर्लभ बोगटीले  कार्यक्रम प्रस्तुतीकरण गर्नु भएको थियो । सो को लागि निर्वाचित जनप्रतिनि, विषयगत सरोकारवाला, गैसस, सन्चारमाध्यमका प्रतिनिधि, स्वास्थ्य संस्था , आमा समूह, स्वयंसेविका, उपभोक्ता समितिका पदाधिकारी लगायत सुशासन अभियानकर्ताहरुसंग छलफल गरिएको सहजकर्ता समेत रहेका यूवा दृष्टि नेपालका अध्यक्ष युवराज पोखरेलले जानकारी दिए । 
सो कार्यक्रमका अध्यक्ष्ता गर्नु भएका  कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावतले जननिवार्चितहरु नयाँ नयाँ कानुन बारे अनभिज्ञ रहकोले नागरिक समाज संस्थाहरुले स्थानीय सरकारसंग समन्वय र सहकार्य गरि सरकारलाई जवाफदेही तथा उत्तरदायी बनाउनु पर्नेमा जोड दिनुभयो । साथै उहाँले स्थानीय सरकाले गरेका क्रियाकलापहरुको सुक्ष्म तरिकाले अनुगमन गर्न पनि अनुरोध गरे । त्यसै गरि कोहलपुर नगरपालिकाका उपमेय सन्जु कुमारी चौधरीले जवाफदेहिता हरेक क्षेत्रकम आवश्यक्ता रहेका बताइन् साथै उहाँले जेसी अडिट तत्काल गर्नु पर्ने र कोहलपुर नगरपालिकाले आफनो सूचनाहरु वेभसाइटमा राखेको समेत बताइन् । सो कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम देवकोटा, एक्सन एडका टेकराज भट्ट, जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख प्रेम बहादुर केसी, बासका अध्यक्ष मन भण्डारीले आ आफनो विचार राखेका थिए । 



SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/