सोम गुरुङ, फागुन ८ बर्दिया / बढैयाताल गाउँपालिकाको सुशासन नीति बनाउन स्थानीय सभाको सदस्यहरुले पहल गर्ने भएका छन् । साथै सिकलसेल एनिमिया रोगको उपचारमा स्थानीय तहले सहयोग गर्नु पर्ने सहभागीहरुले जोड दिएका छन् । बढैयाताल गाउपालिकामा आज भएको स्थानिय सभाको बैठक सो निर्णय गरिएको छ । स्थानीय सभाको ३/३ महिनामा बस्ने बैठकमा आज बढैयाताल गाउपालिकामा सुशासन नीति निर्माण गरि शिक्षा, स्वास्थ्य र कृषिमा सुधार गर्नको लागि वडा स्तर हुदै गाँउपालिकासम्म समन्वय र पैरवी गर्ने स्थानीय सभाका संयोजक हरि बहादुर घर्तीले जाकारी दिए ।
बढैयाताल गाँउपालिका भित्रका थारु समुदायमा देखिएको सिकलसेल एनिमिया रोग बारे पहिचान गर्नको लागि गाउँपालिकालाई रगत परिक्षणको निम्ति पहल गर्ने स्थानिय सभाले निर्णय गरेको छ । बढैयाताल गाँउपालिका वडा नं ३ मा रहेको स्थानीय सभाले बिशेषगरी वडा स्तरमा शिक्षा, स्वास्थ्य, कृषि लगायत अन्य बिकास निर्माणको बिषयमा देखिएका समस्यालाई समाधानका लागि स्थानीय सरकारसंग समन्वय र सहकार्य गरी स्थानीय नागरिक र स्थानीय सरकारसंग कार्य गर्दै आएको छ । पारस्परिक जबाफदेहित परियोजना अन्तर्गत सुचना र मानव अधिकार अनुसन्धान केन्द्रद्धारा स्थानीय सभा गठन भएको हो । स्थानिय सभाका संयोजक हरि वहादुर घर्तीको अध्यक्षतामा बसेको बैठकमा पारस्परिक जवाफदेहिता परियोजना एनएनएसडब्लुएका क्षमता बिकास अधिकृत देवराज बडु, सुचना र मानव अधिकार अनुसन्धान केन्द्र बर्दिया जिल्ला जबाफदेहिता सोम गुरुङ्ग, सामुदायिक सञ्चारकर्मी अनोज थारु र सामुदायिक अनुसन्धानकर्ता सन्जिता चौधरी,स्थानिय सभाका सदस्यहरुको उपस्थिति रहेको थियो ।
सो छलफलमा वडा नं.३ का वडा अध्यक्ष दुर्गा प्रसाद पराजुलीले आफनो वडामा रहेका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अभिभावकसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरि शिक्षाको समस्यालाई पहिचान गरि कसरी शिक्षाको गुणस्तर बढाउन सकिन्छ भन्ने बारेमा आगामी दिनमा अभियान सन्चालन गर्ने बताउनुभयो । सो अभियानलाई सफल पार्नको लागि स्थानीय सभाको आवश्यक रहेको समेत बताउनुभयो । सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर कायम राख्नको स्थानीय सरकार निरन्तर लागिरहेको वडा अध्यक्ष पराजुलीले बताउनुभयो ।
त्यसै गरि सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका जिल्ला जवाफदेहिता अधिकृत सोम गुरुङ्गले सुशासन नीति बनाउन र सिकलसेल एनिमिया रोगको उपचारमा सहयोग गर्न कसरी सकिन्छ भन्ने बारे सवालको बारेमा जानकारी दिएका थिए ।
सो बैठकमा शिक्षा, स्वास्थ्य, कृषि र विपत ब्यवस्थापनको समस्या पहिचान गरि समाधानका उपायका पहिल्याउन सम्बन्धित विषयमा ५/५ सदस्यीय उप समिति समुह गठन समेत गरिएको छ । सो समहले सो क्षेत्रमा रहेका शिक्षा, स्वास्थ्य, कृषि र विपत ब्यवस्थापनको समस्याहरुको अध्ययन गर्ने र स्थानीय सभाको बैठकमा सवाल राख्ने प्रतिबद्धता समेत गरेका छन् ।
कृषि, स्वास्थ्य, शिक्षा र विपत्का क्षेत्रमा सरकारी सेवा प्रभावकारिता, नीतिगत व्यवस्था र त्यसको कार्यान्वयनमा देखिएका समस्या र चूनौती पहिचान गर्ने र सेवाको प्रभावकारी वनाउन सघाउने उद्देश्यले सभा गठन गरिएको हो । सभाको नियमित वैठकमा कृषि, शिक्षा, स्वास्थ्य र विपत् सम्बन्धि समस्याहरुको पहिचना गरी सो त्रैमासिक वैठकमा छलफल गर्ने र त्यहाँ समाधान नभएका सवालहरु गाउँपालिकामा गठन भएको गाउँपालिका स्तरीय साझेदारी मन्चमा छलफल गरिनेछ ।
0 comments:
Post a Comment