बाल संरक्षणमा स्थानीय सरकारको चासो

सोम गुरुङ,बैजनाथ १३  चैत्र /  बालबालिकाको बजेट विनियोजनमा बालबालिकासंग   समन्वय गरि योजना निर्माण गर्ने बैजनाथ गाउँपालिकाले प्रतिवद्धता जनाएको छ । प्लान ईन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगंजको सहयोग तथा स्याक नेपालद्धारा सन्चालित बालिका संरक्षण परियोजनाको बैजनाथ गाउँपालिकाले संयुक्त अनुगमन गरेको छ ।  
सो अनुगमन परियोजना सन्चालन भएको दहित आधारभुत विद्यालयमा बाल संरक्षण संरचना भयरहित सिकाई, बाल संरक्षण नीति, आचारंसहिता र गुनासो सुनुवाई संयन्त्रको प्रभाव बारे छलफल गरिएका थियो । 
सो अनुगमनको क्रममा सो बिद्यालयका प्राधानाध्यापक हरिशंकर चौधरीले विगतको तुलनामा परियोजना सन्चालन भएपछि पढाई, अनुशासन, भयरहित सिकाई, बालमैत्री सिकाई भएको र बालबालिकाले आपनो मनका कुराहरु गुनासो पेटिकामा सहज तरिकाले राख्ने गरेको र उनीहरुको गुनासोको सुनुवाई तुरुन्त गर्ने गरेको बताए । 
सोही क्रममा बैजनाथ गाउँपालिकाको वडा नं.१ मा रहेको बाल क्लब सन्जालसंग पनि भेटघाट गरेको छ । बाल क्बल सन्जालका अध्यक्ष अनु रावतले बालविवाह न्यूनिकरणमा स्थानीय सरकारले चासो नदिदाँ आफूहरुले उजुरी दिदाँ पनि साथ नदिएको गुनासो पोखिन् । बैजनाथ गाउँपालिकाका उपाध्यक्ष शारदा विश्वकर्माले बालविवाह वा बालविवाह सम्बन्धि कुनै पनि उजुरी बारेमा आफुलाई जानकारी दिनु अनुरोध गरिन् र उजुरी आएपछि सो समस्या समाधानको लागि सम्बन्धित सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाईन् । 
सो संयुक्त अनुगमनमा बैजनाथ गाउँपालिकाका उपाध्यक्ष, शारदा विश्वकर्मा, सामाजिक विकास समितिका संयोजक गुमान बहादुर दमाई, गाउँपालिका प्रेस सल्लाहकार रवि रोकाय, स्याक नेपाल, बाँकेका टिम लिडर नेत्रकला शाही र कार्यक्रम संयोजक शेषकान्त शर्मा लगायतको सहभागिता रहेको थियो । 



SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/