शिक्षाको गुणस्तर बढाउन स्थानीय सरकार र नागरिक समाजको सहकार्य हुनु पर्नेमा जोड

सोम गुरुङ,बाँके १५ चैत्र / शिक्षाको गुणस्तर बढाउन स्थानीय सरकार र नागरिक समाजको सहकार्य हुनुु पर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । स्थानीय सरकारलाई जिम्मेवारी र उत्तरदायी बनाउन नागरिक समाजले बाँके जिल्लामा अनुगमन गर्ने भएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र, नेपालगन्ज र एफएचआई ३६० को सहकार्यमा सन्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत बाँकेमा हेड गठबन्धनका सदस्यलाई सार्वजनिक सेवा प्रवाहका बारे अनुमगन गर्ने चेकलिस्टको बारे अभिमुखीकरण गरिएको छ  सो बैठकका सहभागीहरुले राज्यबाट हुने शिक्षा, स्वास्थ्य, कृषिका सेवा प्रवाहका बारेमा नागरिक तहबाट पनि अनुगमन हुनु पर्ने बताएका छन् ।
एचआरएम नेपालका रामसुहावन सोनकरले स्थानीय सरकारसंग समन्वय र सहकार्य गरि विद्यालय अनुगमन गर्दा प्रभावकारी हुने बताए ।  त्यसैगरि ईन्सेकका केन्द्रिय सदस्य कृष्णमुरारीप्रसाद भट्टले सेवाग्राही पनि सचेत भई राज्यले दिने सेवा सुविधाहरु प्रति नागरिक समाज सदैव चनाखो हुनु पर्ने जस्ले गर्दा राज्य नागरिकप्रति उत्तरदायी हुने बताए । एफएचआई ३६० का पैरवी बिज्ञ भोला भट्टराईले प्रत्येक गाउँपालिकामा शिक्षा नीति र शिक्षा कार्यविधि बनाउन नागरिक समाजले सहयोग गर्नु पर्ने र नागरिक समाजले कमीकमजोरी औल्याई दिदाँ दबाब सिर्जना भई सेवा प्रवाहमा सहजता आउने बताउनुभयो र 
सो बैठकमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक राकेश ककुमार मिश्र, नेपालगन्ज उद्योग बाणिज्य संघकाका सदस्य रमारानी गुप्ता,एफएचआई ३६० का पैरवी बिज्ञ भोला भट्टराई लगायतको सहभागिता रहेको थियो । सो बैठकले शिक्षाको गुणस्तर बढाउन डुडुवा गाउँपालिकामा रहेको शहिद स्मारक माविमा गई बिस्तृत छलफल गर्ने योजना बनाएको छ । जसको लागि ५ सदस्यीय टोली समेत तोकिएको छ । सो गठबन्धमा शिक्षा, स्वास्थ्य, कृषिको गुुणस्तर बढाउन पैरवीको सवाल छनौट गरि सम्बन्धित सरोकारवाला निकायसंग बसेर बृहत छलफल गरिनेछ ।  हेड गठबन्धनको उद्धेश्य, प्रक्रिया र महत्वको बारे र चेकलिस्टको बारे आईएचआसीका कार्यक्रम ब्यवस्थापक रविन्द्र कुमार ज्ञवालीले प्रस्तुत गरेका थिए । 

SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/