समाजसेवी अग्रवालद्धारा ३० जना बिद्यार्थीलाई सहयोग प्रदान

सोम गुरुङ, बर्दिया १६ जेठ / बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ३ मा अवस्थित श्री भवानी माध्यामिक विद्यालयका ३० जना बौद्धिक अपागंता भएका बिद्यार्थीलाई सहयोग प्रदान गरिएको छ । जसमा बिद्यालय पोशाक, स्टेशनरी, २ थान पंखा सहित नगद १० हजार रुपैयाँ रहेको छ । वडा नम्बर ३ पुष्पनगरका समाजसेवी कुल बहादुर बिक र बढैयाताल गाउँपालिकाका कार्यपालिका सदस्य चन्द्रकला बिकको पहलमा रामदुत स्टेशनरी जिल्ला प्रशासन कार्यालय अगाडि नेपालगंजका संञ्चालक नरेश कुमार अग्रवालले सहयोग उपलब्ध गराएका हुन् । एक औपचारिक कार्यक्रमको बीच वडा नं.३ का वडा अध्यक्ष दुर्गा प्रसाद पराजुली, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर केसीको उपस्थितीमा शैक्षिक सामाग्री र नगद रकम वितरण गरिएको छ । 
समाजसेवी कुल बहादुर बिकको पहलमा यसअघि पनि जेष्ठ नागरिकहरुका लागी निःशुल्क स्वास्थ्य शिविर र श्री सरस्वती निमावीमा आफनै तलबबाट ५ वटा पंखा वितरण  साथै नेपाल राष्ट्रिय  आधारभुत विद्यालयमा ८ वटा पंखा र न्यानो कपडा वितरण गरिसक्नु भएको छ । आगामी दिनहरुमा पनि सो आफनो जन्मथलोमा सामाजिक कार्यहरु गर्ने समाजसेवी विकले बताए । 
सो विद्यालयमा विद्यार्थीहरुले नगद सहितको शैक्षिक सामाग्रीहरु पाएपछि विद्यार्थी सगैं सम्पुर्ण विद्यालय परिवार तथा स्थानीयवासीहरु खुसी भएको कुल बहादुर विकले बताए । रामदुत स्टेशनरी नेपालगंजका संञ्चालक नरेश कुमार अग्रवालले बौद्धिक अपागंता भएका बिद्यार्थी शिक्षाबाट वन्चित नहुन् भनी बौद्धिक अपागंता भएका विद्यार्थीहरुलाई सहयोग गरिएको बताए । 
SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/