सुशासन, समृद्धि र विकासका लागि प्रथम नरैनापुर दौड २०७५ हुने

नेपालगन्ज ११ माघ । बाँकेको विकट क्षेत्र मानिएको नरैनापुरमा सुशासन, समृद्धि र विकासका लागि प्रथम नरैनापुर दौड  २०७५ गरिने भएको छ । सडक र बत्तीसंगै आवश्यक पुर्बाधारको अभावमा सो क्षेत्रको विकास हुन सकेको छैन भने, अशिक्षा गरिबीले पनि पछाडी परेको क्षेत्रको रुपमा नरैनापुर चिनिन्छ । 
सो क्षेत्रको समग्र विकासका लागि खेलको माध्यमले सन्देश प्रवाह गरिने उद्देश्यले नरैनापुर प्रथम दौड २०७५ गर्न लागिएको हो । गाउँपालिकाको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले दौडको आयोजना गर्न लागेको हो । 
सो दौड प्रतियोगितामा त्यस क्षेत्रका युवा, विद्यार्थी, किसान, कर्मचारी, महिला, समाजसेवी लगायत स्थानीयको उल्लेख्य रुपमा सहभागिता रहने केन्द्रका अध्यक्ष विश्वजित तिवारीले बताउनुभयो । उहाँका अनुसार यो दौड प्रतियोगिताले त्यस क्षेत्रमा खेलकुदको माध्यमले ठाउँको पहिचान, विकास, सुशासनसहितको सचेतना अभिबृद्धि गर्नेछ । 
प्रतियोगितामा प्रथम हुनेलाई रु ७ हजार, दोस्रोलाई रु ५ हजार र तेस्रो हुनेलाई रु ३ हजार नगद पुरस्कार प्रदान गरिने छ । नरैनापुर गाउँपालिकाको वार्ड नं. १ सुईया सिमा नाकादेखि शुरु हुने दौड नरैनापुर गाउँपालिकामा पुगेर समापन हुनेछ । 
गाउँपालिकादेखि सुईया सिमा करिब ८ किलोमिटरको दुरीमा रहेको छ । सो प्रतियोगिताको तयारीका विषय आज बसेको बेठकले विभिन्न जिम्मेवारी बाँडफाँड गरेको छ । प्रतियोगिताको तयारीका लागि केन्द्रका रविन्द्र ज्ञवालीलाई कार्यक्रम संयोजक, सोम गुरुङलाई प्रचार प्रसार संयोजक र लक्ष्मी तिवारीलाई समन्वयकर्ता संयोजकको जिम्मेवारी प्रदान गरिएको अध्यक्ष तिवारीले बताउनुभयो । 



SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/