ईन्टरनेटको सही सदुपयोग गर्नु पर्ने नरैनापुरका किशोरीहरुको जोड


नरैनापुर / नरैनापुर गाउँपालिकाका किशोरीहरुले ईन्टरनेटको सही सदुपयोग गर्नु पर्नेमा जोड दिएका छन् । प्लान इन्टरनेशलन नेपालको सहयोग र स्याक नेपाल बाँकेको आयोजनामा नरैनापुर गाउँपालिका वडा नं.६ को समन्वयमा भएको प्रविधिको सुरक्षित प्रयोग र साईबर कानुन बारे अभिमुखीकरण कार्यक्रममा किशोरीहरुले ईन्टरनेट र सामाजिक सन्जाललाई सही प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

सो तालिमको सहजीकरण नेपाल युवा परिषद, लुम्बिनी प्रदेशका संयोजक तथा पत्रकार सोम गुरुङ्गले कम्प्युटरको आधारभुत जानकारी साथै सामाजिक सन्जालबाट कसरी सुरक्षित रहने र साईबर कानुन,साईबर अपराधको बारे पनि प्रशिक्षण दिएका थिए । सामाजिक सन्जालको फाइदा र बेफाईदा बारे पनि जानकारी दिएका थिए । स्याक नेपालका सुपरभाईजर त्रिभुवन यादवले नरैनापुर गाउँपालिकाको वडा नं.५ र ६ लाई भाद्र महिनामा बाल विवाह मुक्त वडा घोषणा गरिने तयारी भईरहेको समेत जानकारी गराएका थिए । कोभिडबाट सुरक्षितको लागि कार्यक्रममा मास्क र सेनिटाईजरको प्रयोग अनिवार्य गरिएको थियो ।

नरैनापुर गाउँपालिका वडा नं.६ मा गठित सृजनशिल किशोरी क्लबका अध्यक्ष अन्जली बोहराले यस तालिमबाट साईबर अपराध भनेको के हो ? साईबर अपराधबाट कसरी बच्न सकिन्छ भन्ने बारे जानकारी पाएको बताइन् । त्यसै गरि अर्का सहभागी नरैनापुर गाउँपालिका वडा नं.५ मा गठन भएको लालीगुराँस किशोरी क्लबका उपाध्यक्ष रोशनी बानोले सामाजिक सन्जाल कसरी सुरक्षित रुपमा सन्चालन गर्ने बारे प्राविधिक ज्ञान पाएको बताईन् । समाजमा बाल बिवाहले पार्ने नकारात्मक प्रभाव र कानूनी ब्यवस्थाका बारेमा जानकारी गराई बालबिवाह रोक्न अभिप्रेरित गर्ने, बालमैत्री र लैंगिक मैत्री बातावरण संचालन गन साथै वडाहरुलाई बाल विवाह मुक्त घोषणा गर्नमा मद्धत पुग्ने उदेश्यका साथ तालिमको आयोजना गरिएको स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले बताउनुभयो ।
SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/